गाउँपालिका अध्यक्ष शर्माको दुर्घटनामा मृत्यु, अर्का एक गम्भिर

0


प्रेम क्षेत्री,
जेठ ३२, परासी । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको आईतबार दुर्घटनामा मृत्युु भएको छ । प्रतापपुर गाउँपालिकाको लु १ झ ३७० नम्बरको गाडीमा सवार शर्माको दुर्घटनामा मृत्यु भएको हो । जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाँदै गरेका शर्माको गाडी वर्दघाट ४ लक्ष्मिनगरमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका परासीका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिनुभयो ।


उहाँका अनुसार ११ बजेर ५ मिनेटमा सो दुर्घटना भएको हो । तत्कालै घाईतेहरुलाई उपचारका लागि चिसापानी अस्पताल बर्दघाटमा लगिएकोमा गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १२ बजेर १० मिनेट जाँदा मृत्यु भएको उहाँले बताउनुभयो । ५२ वर्षिया शर्मा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैले चलाएको जनाईएको छ ।


उनिसँगै सोही गाडीमा सवार ३५ वर्षिय हरिलाल राजभरको अवस्था गम्भिर रहेको छ । उनलाई चिसापानी अस्पताल बर्दघाटमा उपचार पछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका परासीका प्रवक्ता लामाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply