गैंडाकोटमा आज २५ जनाको स्वाब संकलन

0


प्रेम क्षेत्री, जेठ ३२, गैंडाकोट ।
गैंडाकोटमा आईतबार आज २५ जनाको स्वाब संकलन गरिएको छ । विभिन्न समयमा भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुको आज स्वाब संकलन गरि कोभिड १९ परिक्षणका लागि भरतपुर अस्पताल पठाईएको गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्वारेन्टाईनमा निश्चित अवधि पुरा गरेका ३ जना महिला र २२ जना पुरुषको स्वाब संकलन गरिएको हो । यसरी स्वाब संकलन गरिएकाहरु मध्ये नारायणी माविमा बसेका १३ जना, एसपिएम कलेजमा बसेका ९ जना, लक्ष्मि माविका १ जना र होम क्वारेन्टाईनमा बसेका २ जना रहेका छन् ।
यसअघि गत सोमबार १४ जनाको स्वाब संकलन गरि पोखरा परिक्षणका लागि पठाईएकोमा सो को रिपोर्ट आउन बाँकी रहेको छ ।
भोली लक्ष्मि मावि अमरापुरीमा स्वाब संकलनको तयारी गरिएको उहाँले जानकारी दिनुभयो सम्भवत २५ जनाको स्वाब संकलन गरिने उहाँको भनाई छ । गैंडाकोटमा रहेका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाईनमा हाल ४ महिला सहित ७२ जना रहेका छन् । क्वारेन्टाईनबाट ५४ जना हाल सम्म घर गएका छन् । उनिहरुले होम क्वारेन्टाईनमा रहँदा समेत १४ दिन सामाजिक दुरी कायम गर्ने लगायतका मापदण्ड पुरा गर्नुपर्ने छ ।

Share.

Leave A Reply