गैंडाकोट ६ मा पहिलो पटक मास्क, तेस्रो पटक राहत

0


जेठ ३२, गैंडाकोट ।
विपतमा हामी अभियानका अभियान्ताहरुले आज गैंडाकोट ६ मा राहत वितरण गरेका छन् । गैंडाकोट ६ का अति विपन्न १०० घरधुरी परिवारलाई चामल, दाल, तेल, नुन लगायत खाद्यान्न सामग्री वितरण गरिएको अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो । छाक टार्न समस्या परिरहेको स्थानीयबाट नै जानकारी आएपछि स्थानीय जनप्रतिनिधीको रोहोवरमा राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
गैंडाकोट ६ का वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले राहत वितरण गर्नुभएको हो । उहाँले यसअघि पनि टोलमा राहत वितरण गरिएको बताउँदै उहाँले लकडाउनले मजदुरी गरेर जीवन चलाउने व्यक्ति वढि प्रभावित बनिरहेको यस समयमा विपतमा हामी अभियानले गरेको यस सहयोगले ठुलो राहत मिलेको बताउनुभयो ।
समाजसेवी मदनभक्त अधिकारीले यसले गरिब, अति विपन्नलाई थौरै भएपनि राहत मिल्ने भएकाले सबैलाई सहयोग गर्न आह्वान समेत गर्नुभयो । उहाँले सामाजिक कार्यमा जोडिन सबैलाई अनुरोध समेत गर्नुभयो ।
सिर्जनशिल टोल विकास संस्थाका अध्यक्ष दुर्गाप्रसाद ढकालले चेतनाको अभाव त्यसमाथी व्यवसायीक रुपमा केही गर्न नसकेका अवस्थामा विपतमा हामी अभियानले गरेको काम सराहनिय रहेको बताउनुभयो ।


राहत पाएपछि उनिहरुले निकै खुसी व्यक्त गरेका थिए । यसअघि सल बाँधेर गुजारा चलाएको उनिहरुले पहिलो पटक मास्क पाएको समेत बताएका थिए । मजदुरी जीवन व्यतित गरेका उनिहरुले तेस्रो पटक राहत लिएका हुन् । लकडाउनका कारण रोजगारी समेत नपाएको र त्रासका कारण घरमै बसिरहेका उनिहरुले राहत सामग्रीले नै जीवन गुजारा गर्दै आएको बताएका छन् ।
अभियानलाई राहत वितरणका लागि विभिन्न मनकारी व्यक्तिहरुले सहयोग रकम समेत उपलब्ध गराएका छन् । विदेशबाट भिम गैरेले १० हजार, सुनिल सनमले १० हजार, भ्रदकली सापकोटा २१ हजार लगायत अभियानका अभियान्ताहरुले रकम उठाएर सहयोग गरेका हुन् ।
सो क्रममा अभियानका सह संयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियान्ता किसान गुरुङ लगायतका अभियानकर्मीहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply