संक्रमितको रिपोर्ट छिट्टै नेगेटिभ आउनेगरी उपचार गरिरहेका छौँ ः व्यवस्थापक सापकोटा (कुराकानी सहित)

0

डोलराज रानाभाट, ३२ जेठ । प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले अहिले सम्म ३१ जना कोरोना संक्रमितको उपचार गरिरहेको जानकारी दिँदै चाँडै रिपोर्ट नेगेटिभ आउने गरी उपचार भइरहेको बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा विहान कुरा गर्दै व्यवस्थापक सापकोटाले विहान देखि बेलुकीसम्म नै योग अभ्यास सहित प्राकृतिक खाना र नास्ताको व्यवस्था गरिएको भन्दै उपचाररत सवैको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी दिनुभयो । हालसम्म उहाँहरुमा कुनै लक्षण नदेखिएको भन्दै कुनै समस्या भए ठूला अस्पतालहरुमा लैजान आफ्नै संस्थाको एम्वुलेन्स तयारी अवस्थामा रहेको बताउनुभयो । चिकित्सकले नै २४ सै घण्टा निगरानी गर्नुभएको भन्दै संक्रमितको परिवारलाई  व्यवस्थापक सापकोटाले भन्नुभयो,“चित्ना नलिएर वस्नुहोस् । फोन गर्दापनि सकारात्मक कुराहरु गरेर हौसला वढाइदिनुहोस् । घर परीवारको समस्या भनेर चिन्ता थप्न भन्दा पहिला वचाउने र त्यसपछि कमाउने सोचको विकास गर्न अनुरोध गर्दछु ।”
नवलपुर जिल्ला तरकारी देखि दुग्ध व्यवसायी, खाद्यन्नको उद्योग आदिले भरिएको भएपनि अहिलेसम्म सहयोग प्राप्त नभएको उहाँको भनाई छ । “हामी आफैले त्यसरी सहयोग मागेका पनि छैनौँ तर उहाँहरु आफै वुझेर सहयोग गर्न पनि आउनु भएको छैन ।” व्यवस्थापक सापकोटाले चिकित्सालयल भित्रै गाई पालन तरकारी खेती रहेको भएपनि कोरोना महामारीको यो समय कर्मचारी कम हुँदा यी कुराको व्यवस्थापनमा केही कठीन भएपनि अभाव हुन नदिएको बताउनुभयो । कसैले मानवियता देखाएर सहयोग गरे राम्रो हुने उहाँले बताउनुभयो ।
महामारीको यो समयमा सिकाइएको आनीवानी विरामी निको भएरपनि ग्रहण गर्न सक्ने गरी सिकाइएको सापकोटाले बताउनुभयो । आनीवानी ठिक पार्दैमा पनि अधिकाँश रोगबाट मुक्त भइन्छ हामीले त्यही सिकाएका छौँ ।

साथै सापकोटाले कोरोना महामारीमा प्राकृतिक व्यवहार र आहारको खोजमा पनि थप सहयोग पुग्ने भन्दै त्यसमा पनि आफुहरु सक्रिय रहेको बताउनुभयो । भाइरसको औषधि र भ्याक्सीन पत्ता नलागिरहेको अहिलेको समय चिकित्सालयमा प्रयोग गरिएका विधिबाट संक्रमित निको हुनेक्रम वढे अर्को सफलता प्राप्त हुने उहाँको विश्वास छ । साथै रजहरका स्थानीयको मन मिलेर उभिन सफल प्राकृतिक चिकित्सालयलाई चाँडै प्राकृतिक चिकित्सा सामुदायिक शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको भन्दै कोरोना महामारीपछि यसको योजना अघि वढ्ने बताउनुभयो ।

जिल्लाकै एक मात्र कोरोना अस्थायी अस्पताल बनाउने अभियान अनुसार अहिले जिल्लाका कोरोना संक्रमितलाई त्यही राखेर उपचार गराउन सुरु गरिएको हो । आज देवचुलीका २ संक्रमित पनि त्यही राखिने भन्दै उहाँले सख्या ३३ पुग्ने बताउनुभयो । ६० लाख बजेट कोरोना अस्थायी अस्पताल निर्माणका लागि छुट्टीएपनि चिकित्सालयको खातामा अहिले सम्म नआएको तर विश्वासमा काम गरेको उहाँको भनाईछ । चिकिस्तालयलाइ कोरोना अस्थायी अस्पताल निर्माणका लागि जिल्ला समन्वय समितिले जिल्लाका ८ स्थानीय तहलाई उपलब्ध गराएको ५ लाखका दरको बजेट सवै यही उपलब्ध गराउने र त्यसमा गाउँपालिकाले २ लाख थपेर प्रति गाउँपालिकाले ७ लाख र नगरपालिकाले ३ लाख थप गरी प्रत्येक नगरपालिकालले ८ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले यस अघि जानकारी दिनुभएको थियो । तत्काल १०० जना संक्रमित राख्न मिल्ने सवै तयारी पुरा भइसकेको व्यवस्थापक सापकाटाले बताउनुभयो ।

सुन्नुहोस् पुरा कुाराकानी ।

कोरोना संक्रमितहरुको उपचार कसरी भइरहेको छ त ? प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटा

Posted by 101.6 Vijaya FM on Saturday, June 13, 2020

Share.

Leave A Reply