गुल्मीमा कोरोना संक्रमितको मृत्यु

0

३२ जेठ । गुल्मी जिल्लाका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ को उपल्लो तम्घासमा रहेको आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताउनुभयो ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिनुभएको थियो । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । भारतबाट आएर क्वारेनटाइनमा वस्नुभएको उहाँलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको चिकित्सकको भनाई छ ।

Share.

Leave A Reply