राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्ष नहुने ः सांसद कोईराला

0

 

माया कंडेल
जेठ ३१ , नवलपुर

राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्ष नहुने नवलपुरका सांसद शंशाक कोईरालाले बताउनुभएको छ । उहाँले संविधान संशोधन विधेयेकको दफावार छलफलमा सवै राष्ट्रियताको पक्षमा एकै स्थानमा उभिएको बताउनुभएको हो । यसले संसारभरि नै नेपालीको एकताको सन्देश दिएको समेत डा. कोईरालाको भनाई छ । नेपालले वास्तविक परिचय खोजिरहेका भुभाग समेटेर नक्सा सार्वजनिक गर्नु देशकै राष्ट्रिय आवश्यकता रहेको समेत कोईरालाले बताउनुभयो । नेपाल र भारतको सुमुधुर सम्वन्ध नेपालका लागि मात्रै नभएर भारतका लागि पनि उत्तिकै महत्व रहेको बताउदै उहाले भारत र चिन दुबै छिमेकी देशले नेपालको स्वाभिमानको सम्मान गर्नपर्ने बताउनुभएको छ ।

Share.

Leave A Reply