काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेको सङ्ख्या १८, थपिए २७३ सङ्क्रमित

0


जेठ ३१, काठमाण्डाै

नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । पर्सामा गएकाे बिहीबार ज्यान गुमाएका बेबारिसे मृतककाे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज ३६ जना डिस्जार्च भएसँगै कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या नाै सय १३ पुगेको छ ।

Share.

Leave A Reply