पोखरी वनेपछि डोडेबासी खुशी

0


माया कंडेल
गैंडाकोट

करिब ५ महिना अघि पसिना बगाएर खनेको खाल्डोले सार्थक रुप लिएपछि गैंडाकोट १८ डोडेका कर्णबहादुर माकीम मगरको अनुहारमा चमक पनि बढदै गएको छ । उहाँसंगै गाउँका सबै मिलेर गाउँमा सिंचाईका लागि खनेको पोखरीले मुर्त रुप लिएपछि उनिहरुले आशको सास फेरेका छन् । उनिहरुले पानीको जोहो गर्न थालिसकेका छन् । यो पोखरीमा अहिले उनिहरुले आकासको पानी र डाडाको भल जम्म गर्दैछन् । गाउँमा सुन्तला लगायतका फलफुल लगाउने उनिहरुको सपना अब पुरा हुनेमा विश्वस्त छन् । डोडेका कर्णबहादुर माकीम मगर भन्नुहुन्छ ।

आकाशबाट परेको पानी त्यो पनि डाडामा कसरी संकलन गर्ने पहिले सबैको चिन्ता यहि थियो । यसअघि यसतर्फ कसैको ध्यान पुगेको थिएन । तर गैंडाकोट १८ डोडेका स्थानीयले भने आकाशे पानी संकलन गरेर हिउँदमा सिंचाई गरि खेती गर्ने सपना साचेका छन् । गैंडाकोटकै सबैभन्दा अग्लो स्थानमा रहेको डोडेमा पोखरीको काम सकिएको छ । पोखरीमा पानी जम्मा गरिएको छ । तर लकडाउनका कारणले पाईप ल्याउन नपाएपछि भने पानी वितरणको काम रोकिएको छ । पाईप आएपछि हरेक व्यक्तिले सिंचाई गर्न पाउने बताउनुहुन्छ । पुनः कर्णबहादुर माकीम मगर ।

पोखरी खन्न उनिहरुको कम्ती श्रम परेको छैन । करिब ३ महिना स्थानीयले श्रमदान गरेका छन् । प्रधानमन्त्रि कृषि आधुनिकिकरण सुन्तला जोनको आर्थीक र प्राबिधिक सहयोगमा यसलाई साकार पार्दैछन् । यहाँ सुन्तला उत्पादनको सम्भावना उत्तिकै छ । त्यसैले पनि कृषकमा उत्साह छाएको छ । स्थानीय नरबहादुर रुवाले भन्नुहुन्छ ।

स्थानीय झनीमाया सारुले अब थप सुन्तलाका विरुवा ल्याई लगाउने सोच बनाउनुभएको छ । अहिले गरेको दुःखले हिउँदमा सिंचाई गर्न अझ सजिलो हुने उनिहरुको तर्क छ । सिंचाईको दुःख हुने स्थानमा पानी देख्दा झनिमायाले खुशी व्यक्त गर्नुभयो ।

स्थानीयमा पोखरीले थप उत्साह थपिदिएको छ । यसले व्यवसायीका रुपमा खेती गर्ने बाटो खुलेको छ । अमिलो प्रजातिका फलफुल लगाई आम्दानी गर्दै आत्मनिर्भर बन्ने सपना साचेका छन् ।

Share.

Leave A Reply