२७३ कोरोना संक्रमित थप, संक्रमितको संख्या ५३३५ पुग्यो

0


जेष्ठ ३१
नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो। आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

Share.

Leave A Reply