नवलपुरका एक कोरोना संक्रमित निको भएर घर गए, भरतपुर प्रयोगशालामा २ सय ६६ पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ

0


माया कंडेल
जेठ ३१, गैंडाकोट
नवलपुरका एक कोरोना संक्रमित निको भएर घर गएका छन कावासोती १२ का १ ३६ बर्षीय पुरुष कोरोना निको भएर घर गएको मध्यविन्दु अस्पतालका डाक्टर पुष्कर पौडेलले विजय एफएमलाई जानकारी दिनुभएको छ ।


यस्तै भरतपुर अस्पतालमा शुक्रबार परिक्षण गरिएका २ सय ६६ पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताले जनाएको छ । भरतपुर अस्पताल कोभिड नाईन्टिन प्रयोगशालामा जेठ ३० शुक्रबार परिक्षण गरिएका नमुनाहरु मध्ये सल्यानको ७९, भरतपुर अस्पतालको ३४,बि. पि. के. एम. सि. एचको ३६, सी.एम.सीको ७, सि.एम.एस.को ३४, नारायणी सामुदायिक अस्पतालको ५५, रत्ननगरन.पा.को ७, ईच्छाकामनाको ११ गरि २६३ जनाको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply