गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पोजेटिभ, प्रदेशमा कोरोना संक्रमितको संख्या १९७

0


माया कंडेल
जेठ ३१, गैंडाकोट
गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व) का १ ,पर्वत ४ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभएको हो ।
गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिकाका घर भएका र पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उहाँलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लगिएको बताउनुभएको छ ।

पर्वत जिल्ला, कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका ६ बर्षका १ जना बालक र्र १७ बर्षका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ। त्यसैगरी पर्बत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका १७ बर्षका १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका १६ बर्षका १ जना पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको जनाइएको छ ।

Share.

Leave A Reply