असार ७ भित्र बुलिङ्टार गाउँपालिकाका सवै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याइने

0

मनप्रसाद भाट, ३० जेठ, बुलिङटार । पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाको शिक्षा शाखाद्धारा आयोजित प्रधानाध्यापकहरुको बैठकमा असार १ देखि ७ गतेसम्म सवै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पु¥याउनुपर्ने निर्णय गरिएको छ ।

कोरोना महामारीका कारण शैक्षिक सत्र सुरु भएको २ महिना वितिसक्दा पनि विद्यालयहरु ठप्प भइरहदा असार १ देखि विभिन्न विकल्पमा पठनपाठन गर्न भनेपछि यो निर्णय गरिएको हो ।

निर्देशीकामा विद्युतीय माध्यामबाट पढाउन भनेपनि गाउँमा यो सम्भव नहुने भएको छ । त्यसका लागि स्थानीय ठाउँमा उपलब्ध शिक्षकबाट सहजीकरण गर्ने गरी निर्णय भएको हो  । त्यसका लागि पहिलो शर्त पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउने र भौतिक दुरी कायम गर्दै सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय भएको हो ।

भौतिक दुरी कायम गरी संचालन भएको बैठकमा गाउँपालिकाका शिक्षा अधिकृत, स्रोत शिक्षक र विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती थियो ।

गाउँपालिकामा अहिले सम्म भारतबाट आएका एक व्यक्तिमा वाहेक  अन्यमा कोरोना संक्रमण पुष्टी भएको छैन । स्वाव संकलन गरी पठाएका केहीको रिपोर्ट आउन वाँकी छ । भारतबाट आएकाहरुमा केही जोखिम भएपनि समुदाय स्तरमा कोरोना संक्रमण हुने जोखिम भने न्यून रहेको छ ।

विदेशबाट आउनेहरुलाई पीसीआर परीक्षण गरी घर पठाउने व्यवस्था भएपछि संक्रमणको जोखिम कम भएको हो । प्राय विद्यालयहरुमा क्वारेनटाइन वनाएका कारण पनि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएको भन्दै स्थानीय रुपमा नै रहनुभएका शिक्षकहरुको समन्वयमा विद्यार्थीलाई पढाउने गरी छलफल सहित निर्णय भएको हो । अहिलेकै अवस्थामा विद्यालय संचालन गर्न नसक्ने अधिकाँशको ठहर छ ।

Share.

Leave A Reply