गैंडाकोट २ का ४ दृष्टि विहीन परिवारलाई ग्यास सहित खाद्यन्न सहयोग

0

३० जेठ । लायन्स क्लव अफ गैंडाकोट कालिगण्डकीले गैडाकोट २ चौकी अगाडि रहेका ४ दृष्टीविहीन परिवारलाई ग्यास सहित खाद्यन्न सहयोग गरेको कार्यक्रम संयोजक कृष्ण कडेँलले विजय एफएमलाई जानकारी दिनुभयो ।

लकडाउनले समस्यामा रहनु भएका उहाँहरुलाई लायन्स क्लव अफ काठमाण्डौ जन्मभूमि वर्ष १९/२० की अध्यक्ष ज्योति केसीबाट प्राप्त भएको सामाग्रीलाई आज हस्तान्तरण गरेको उहाँले बताउनुभयो । ४ परिवारलाई प्रति परिवार १० केजि चामल,तेल ,दाल,नुन,लुगाधुने,कपडा धुने साबुन सहयोग गरिएको हो ।

लायन्स क्लव अफ गैडाकोट कालिगण्डकीका अध्यक्ष भोजराज भुषालको अध्यक्षतामा, वडासदस्य यदु सापकोटाको प्रमुख आतिथ्यता,प्रहरी प्रशासन स्थानीय समाजसेविको रोहवरमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको सहजीकरण क्लबका सचिब एबम कार्यक्रम सम्योजक कृष्ण कंडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply