कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ नआएपनि भरतपुर अस्पतालद्धारा डिस्चार्ज (के थियो नीति)

0

डोलराज रानाभाट, ३० जेठ । कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ नआएपनि भरतपुर अस्पतालले आज ६ जनालाई डिस्चार्ज गरेको छ । डिस्चार्ज हुनेहरुमा ३१ दिन अस्पतालमा उपचार गराउनुभएका देवचुली १२ का ४९ वर्षीय पुरुष, १५ दिन उपचार गराउनु भएका देवचुली १ का १९ वर्षीय पुरुष, २१ दिन उपचार गराउनु भएका विनयी त्रिवेणी ६ का ४५ वर्षीय पुरुष, भरतपुर ६ का २० र २१ दिन उपचार गराएका ५२, ७४,७३ वर्षीय एक महिला र दुइ पुरुष रहनुभएको छ ।

अस्पतालका अध्यक्ष डा  भोजराज अधिकारीले विजय एफएमलाई बताए अनुसार स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नीति अनुसार नै उहाँहरुलाई डिस्चार्ज गरेको बताउनुभयो ।  लक्षण विना १४ दिन वढि अस्पतालमा उपचार गराउनु भएकाहरुलाई डिस्चार्ज गर्ने नीति लिएको थियो ।

सोही अनुसार उहाँहरुमा कुनै लक्षण नदेखिएकाले अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ नआएपनि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएपनि उहाँहरु पुन १४ दिन होम क्वारेनटाइनमै वस्नुपर्ने, पारिवारीक सदस्यसँग कम्तिमा १ मिटरको दुरीमा वस्नुपर्ने, सावुन पानीले पटक पटक हात धुने , मास्क प्रयोग गर्ने, पोष्टिक खानाहरु सन्तुलित रुपमा खानुपर्ने र लक्षण आएमा चिकित्सक सँग सल्लाह र सम्पर्क गर्नुपर्ने शर्त सहित डिस्चार्ज गरिएको अधिकारीले बताउनुभयो ।

देवचुलीका ४९ वर्षीय कोरोना संक्रमित नवलपुर जिल्लाकै पहिलो संक्रमित हुनुहुन्छ । उहाँ नवलपुर नआई भारतबाट सिधै कोरोना अस्थायी अस्पताल जानुभएको थियो । त्यहाँ परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो ।

 

Share.

Leave A Reply