गैंडाकोटमा आजपनि प्रदर्शन, सरकार आफैं भ्रष्टाचारमा लिप्त भएको आरोप

0

गोविन्द रिमाल, ३० जेठ । युवा समूहले आजपनि गैँडाकोटमा प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारले गरेको भ्रष्टाचार, कर काण्ड र एमसिसी सम्झौतामा चनाखो बन्न नसकेको भन्दै कोरोना महामारीको अवस्थामा पनि बाध्य भएर आफूहरु सडकमा आउनु परेको उनीहरुले बताएका छन् ।

शान्ति, सुव्यवस्था र अमनचयन हुनुपर्नेमा सरकार आफैं भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण भएको उनीहरुको भनाई थियो । पछिल्लो समय लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभागलाई समेटेर नक्सा जारी गरेको भए पनि वार्ताको लागि तत्काल पहल गर्न उनीहरुले माग गरेका छन् ।

 

गैँडाकोट काँग्रेस चोकबाट सयौंको संख्यामा निस्केको र्याली गैँडाकोट नगरपालिकाको चौतारीमा आएर टुंगिएको थियो ।

 

अन्य सम्वन्धित समाचार

 

‘महामारीमा पनि भ्रष्टचार गर्नेलाई कारवाही गरी जनताको ज्यान जोगाउ सरकार, हामी सडकमा आउन्नौँ’

 

गैंडाकोटका युवाहरुको सरकारलाई प्रश्न ः १० अर्व खोइ ? क्वारेनटाइनमा वस्नेले त सिटामोल पनि पाएनन् !

Share.

Leave A Reply