माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

0


माया कंडेल
चितवन, जेठ ३० ।
चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ को प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिनुभएको छ । उहाँले माडीे क्वारेन्टिनमा रहेका ३४, २५, ४७, २७, २७, ५१, ४५ र १९ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताउनुभयो ।
भरतपुर अस्पताल कोभिड–१९ को प्रयोगशालामा जेठ २८ र २९ गते संकलन गरिएका १ सय ९७ स्वाबको परिक्षणबाट माडीमा रहेको क्वारेन्टिनबाट परिक्षण गरिएका ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भने १ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । माडी क्वारेन्टिनबाट ८५ , भरतपुर अस्पतालबाट २९ , क्यान्सर अस्पताल चितवनबाट २९, खेरहनी नगरपालीकाबाट ११ , भरतपुर मेडिकल कलेजबाट ८ , चितवन मेडिकल कलेजबाट ५ , देवघाट तनहुँबाट १५ , र राप्ती नगरपालिकाबाट १५ गरि १ सय ९७ स्वाब परिक्षण गरिएको थियो ।
आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हालसम्म २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको छ ।

Share.

Leave A Reply