हुप्सेकोट गाउँपालिकामा ४ जना संक्रमित थपिए , नवलपुरमा कोरोना संक्रमितको संख्या ४२

0


माया कंडेल
जेठ २९ , गैंडाकोट
हुप्सेकोट गाउँपालिकामा ४ जना संक्रमित थपिए संगै हालसम्म नवलपुरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ का १ जना १८ बर्षीय पुरुष , वडा नम्बर ६ का ३२ बर्षका पुरुष, वडा नम्बर २ का ५८ र ५९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ । यस्तै आज विहान नै मध्यविन्दु नगरपालिकामा पनि १ जना १७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
निज व्यक्तिहरु भारतको दिल्ली ,बम्बै ,हिमाञ्चल प्रदेशबाट जेठ १४ गते , जेठ १९ र जेठ २२ गते सुनौली नाका आईपुगेका र त्यहाबाट हुप्सेकोट गाउँपालिकाले व्यवस्था गरेको वसमा , जेठ १९ गते मध्यबिन्दु नगरपालीकाले व्यवस्था गरेको वस तथा जेठ २२ गते सुनौलीबाट आएको वस मार्फत उनिहरु गाउँपालिका आएका थिए त्यसपछि , जेठ १४ गते वडा नम्बर २ मा रहेको जनता आधारभुत माध्यामीक विद्यालयको क्वारेन्टिन ,जेठ १९ गते नवबुद्ध बोर्डिङ स्कुलको क्वारेन्टिन , र जेठ २२ गते वडा नम्बर १४ गते ज्वाला माविको क्वारेन्टिनमा उनिहरु बसेका थिए ।
उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनिहरुलाई प्राकृतिक चिकित्सालय रजहरमा लगिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताउनुभएको छ ।
साथै हुप्सेकोट गाउँपालिकाका बिभिन्न करेन्टिनमा रहेका अन्य ८४ जना व्यक्तिको जेठ २८ गते पिसिआर बिधिबाट स्वाव गरिएकोमा ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म हुप्सेकोट गाउँपालिकाका ८ जनामा कोरोना पोजेटिभ आएको छ ।
हुप्सेकोट गाउँपालिका स्वास्थ्य प्रति संवेदनशिल रहेको र सोहि अनुरुप कार्ययोजना बनाएर अघि बढेको समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभएको छ ।

Share.

Leave A Reply