ग्रामीण भेगमा टोलटोलमा र शहरी भेगमा अनलाईन र रेडियोबाट पढाउन सकिने

0

जेठ २९, गैंडाकोट

ग्रामीण भेगमा टोलटोलमा पढाउने र शहरी भेगमा अनलाईन र अन्य माध्यमबाट पढाउन सकिने सरोकारवालाले बताएका छन । शेयरकास्ट ईनिशियटिभसंग सहकार्य गरेर विजय एफएफले उत्पादन गरिरहेको कार्यक्रम आजको सवालमा बोल्दै सरोकारवालाले शिक्षकहरुलाई पनि त्यस्तै किसिमले तालिम दिन र अगाडी बढाउन आवश्यक रहेको बताएका छन । यस्तै एसईईको नतिजाका लागि विद्यालयले गर्ने मुल्याङकनलाई व्यवहारीक र शैक्षीक दुबै तरिकाले गर्नुपर्ने पनि बताएका छन । आजको कार्यक्रममा अतिथी हुनुहुन्छ । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपाल हरि रानाभाट शैक्षीक व्यक्तित्व खेमराज सापकोटा , गैंडाकोट ईग्लीस स्कुलका प्रभानाध्यापक हिरालाल अर्याल

नेपाल सरकारले लकडाउन खुकुलो बनायो तर शैक्षिक संस्थाहरु नखुल्ने भएका छन् । लकडाउन भएको ३ महिना पुग्न केही दिन वाँकी हुँदा अव विद्यार्थीहरुलाई कसरी पढाउने ?कुन विधि महामारीका समय सर्वश्रेष्ठ हुन्छ विद्यार्थीलाई पढाउन ? कस्तो शैक्षिक प्रणालीको विकास हुन आवश्यक छ ? आजको सवालमा छलफल र वहसमा हुनुहुन्छ । तपाईहरु पनि आफ्नो सुझाव राख्न सक्नुहुनेछ ।समय विहान ७ बजे आज शुक्रवार

Posted by 101.6 Vijaya FM on Thursday, June 11, 2020

 

Share.

Leave A Reply