नवलपुरका सवै स्थानीय तहमा कोरोना संक्रमित, आज मध्यविन्दुका १ पुरुषमा पुष्टी सँगै जिल्लामा कुल ३८ पुगे

0

डोलराज रानाभाट, ३० जेठ । मध्यविन्दु नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नवलपुर जिल्लाका सवै स्थानीय तहमा कोरोना संक्रमित रहेका छन् । पोखरामा गरिएको स्वाव परीक्षणका क्रममा मध्यविन्दु नगरपालिका का वडा नम्वर ११ का  १७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

यस सँगै जिल्लाका कुनै पनि स्थानीय तह ग्रिन जोनमा रहेनन् । हालसम्म जिल्लामा संक्रमित हुनेको सख्या ३८ पुगेको छ । जसमा गैडाकोट नगरपालिमाका ४ जना, देवचुली नगरपालिकामा ६ जना, कावासोती नगरपालिकामा ५ जना, मध्यविन्दु नगरपालिमाकामा आज पहिलो पटक कोरोना संक्रमित देखिएका १ जना, विनय त्रिवेणी गाउँपालिकामा ५ जना, हुप्सेकोट गाउँपालिकामा ४ जना, वौदिकालिमा १२ जना र बुलिङटार गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।

 

यस मध्ये देवचुली माइत भएकी एक युवती भने उपचार पछि घर फर्किसक्नुभएको छ । जिल्लामा जेठ १ गते पहिलो संक्रमित देखिएका थिए । एक महिना सकिनै लाग्दा संक्रमित वढेर ३८ पुगेका छन् । यस्तै गण्डकी प्रदेशमा मध्यविन्दुका एक जना सहित आज एकै दिन ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यो सँगै प्रदेशमा संक्रमितको सख्या १८८ पुगेको छ । प्रदेशका मनाङ र मुस्ताङ वाहेक सवै जिल्लामा कोरोनाका संक्रमित रहेका छन् । आज मात्रै ४ वटा जिल्ला नवलपुरको १ जना, पर्वतका १३ जना, स्याङ्जाका २२, तनहुँको घिरिङ गाउँपालिकाका १९ वर्षीय १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो । हालसम्म नवलपुरमा ३८ जना, वाग्लुङमा कुल संक्रमित ४० जना, गोरखामा १५ जना,कास्कीमा ५ जना, लमजुङमा १ जना, म्याग्दीमा ३ जना, पर्वतमा २२ जना, स्याङजामा ६० जना, तनहुँमा ४ जना गरी १८८ जना रहेका छन् ।

Share.

Leave A Reply