सरकारले लकडाउनको ढाँचा परिवर्तन गर्दै खुकुलो बनाएको छ (के के खुल्ने के के नखुल्ने)

0

२९ जेठ । ३ महिना पुग्न १० दिन वाँकी छदा सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गरेको छ । व्यापक गुनासा र सुझाव वढेपछि बुधवार वसेको मन्त्रिपरिषद बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै २१ दिने योजना बनाएको हो । भोलि देखि देशैभर उपत्यका भित्र र जिल्लाभित्र मात्रै गुड्ने गरी निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिने निर्णय भएको सूचना तथा संचार मन्त्री डा युवराज खतीवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै उहाँले सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा भने बन्द नै रहने बताउनुभयो । यस्तै पसल र डिपार्टमेन्ट स्टोरहरु खोल्न पाइनेछ भने सपिङ मलहरु वन्द नै रहनेछन । रेष्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिने र क्वारेन्टिन बनाइएका होटलहरु वाहेक अन्य होटलहरु बन्द नै रहनेछन् । सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा खुल्ने भएका छन ।

 

विहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म चल्नेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरु भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि बन्द नै रहने र सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहने छ ।

Share.

Leave A Reply