सात वर्षीय वालिकालाई वलत्कार गरेको आरोपमा गैंडाकोट १० का पन्त पक्राउ

0

symbolic

डोलराज रानाभाट,२९ जेठ, गैंडाकोट । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आश्रय दिएर वस्दै आएकी ७ वर्षीय वालिकालाई बलत्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गैडाकोट १० पितौजी वस्दै आएका २८ वर्षीय इन्द्र पन्तलाई इलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गरी आज अदालतबाट १० दिनको म्याद थप गरिएको छ ।   घटना हिजो साँझ ६ बजेतिरको रहेको र स्थानीयले खवर गरेपछि वेल्डीया प्रहरीले पीडकलाई होल्ड गरेर राख्दा इलाका प्रमुख चन्द्र वहादुर थापा घटनास्थल पुगेर पन्तलाई पक्राउ गर्नुभएको थियो ।

प्रहरीका अनुसार वालिकाको मामाघर पितौजी हो । आमा अर्कैसँग विहे गरेर गएपछि वुवाले वालिकालाई मामा घरमा वस्ने गरी यहाँ ल्याउनु भएको थियो । छिमेकमा रहेको गैडाकोट १० का ती पन्तले आश्रय दिएपछि उनीहरु त्यही वस्दै आएका थिए । आफ्नै घरमा वालिका र वुवालाई आश्रय दिँदै आएका पन्तले बलत्कार गरेको जनाईएको छ ।

पन्तको घर पनि समुदायका व्यक्तिहरुको पहलमा वनाइएको र त्यही घरमा पन्तले ती वुवा छोरीलाई आश्रय दिँदै आएका थिए ।

पन्त सहित तीनै जना विपन्न रहेको र सवै जना एउटै कोठामा सुत्ने गर्दथे ।

पीडक पन्तले श्रीमती माइत भएको बताउदै आएका छन् । वालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ । जाहेरी पनि परीसकेको  थप अनुसन्धान हुँदै जाने र कानुन वामोजिमको कारवाही हुने थापाले बताउनुभयो ।

Share.

Leave A Reply