गैंडाकोट ३ का एक व्यक्ति सम्पर्कबिहिन

0


जेठ २९, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ३ का एक पुरुष हिजो बिहानदेखी सम्पर्कबिहिन भएका छन् ।

गैंडाकोट ३ का ४८ वर्षिय शेरबहादुर थापा गर्जा हिजोदेखी सम्पर्कबिहिन भएको परिवारजनले बताएका छन् । बुधबार बिहान ६ बजे तिर घाँस काट्न भनि घरबाट निस्केको र हालसम्म पनि सम्पर्कमा नआएकाले उनलाई देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनहुन परिवारजनले आग्रह गरेका छन् ।

उनको मानसिक सन्तुलन नभएको उनका भाई तिलबहादुर गर्जाले बताउनुभयो । हाप पेन्ट र निलो टिसर्ट लगाएका उनले घरबाट निस्कने क्रममा साथमा हँसिया, नाम्लो र खुर्पेटो बोकेका थिए ।

उनलाई भेट्नुहुने महानुभावले मोवाईल नम्बर ९८४५२००६३७ मा सम्पर्क गरि सहयोग गरिदिन हुन तिलबहादुर गर्जाले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply