रजहरको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल निर्माण गर्न ६० लाख बजेट (पुरा कुराकानी सहित)

0

डोलराज रानाभाट, २९ जेठ । देवचुली नगरपालिकाको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयलाई नवलपुर जिल्लाकै एक मात्र कोरोना अस्थायी अस्पताल निर्माण गर्न ६० लाख बजेट जुटेको छ । प्रतिवद्धता व्यक्त भएको उक्त रकम केही दिनमै खातामा जम्मा हुने छ ।
हिजो जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे सहित ८ वटै स्थानीय तहका नगरप्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, चिकित्सक,स्वास्थ्यकर्मीहरु सहितको बैठकले आवश्यक पूर्वाधारको विकास सहित सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय भएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा आज विहान कुराकानी गर्दै उहाँले आइसोलेसन अस्पताल निर्माण गर्ने योजना अनुसार अहिले प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग गरेको बताउनुभयो । तत्काललाई १०० बेड तयार पारिएको छ । जिल्लाका ४ गाउँपालिकाले ७ लाखका दरले र ४ नगरपालिकाले ८ लाखका दरले रुपैया तत्काल सहयोग गर्ने निर्णय भएकाले अव बजेटको समस्या नहुने भुषालले बताउनुभयो । साथै गण्डकी प्रदेशबाट देवचुली नगरको खातामा प्राप्त १० लाख पनि सोही अस्पताल निर्माणका लागि उपलब्ध गराउने उहाँले बताउनुभयो ।
आजसम्म २५ जना कोरोना संक्रमितको उपचार जारी रहेको प्राकृतिक चिकित्सालयलाई थप व्यवस्थित गराउन दुई वटा गेट निर्माण आजबाट सुरु हुने उहाँको भनाई छ । एउटा गेटबाट संक्रमित र अर्को गेटबाट चिकित्सक स्वास्थ्यकर्मी प्रवेश गर्ने मिल्ने गरी गेट निर्माण गरिने उहाँले बताउनुभयो । प्रत्येक कोठामा सीसीटिभ जोडिएको र प्राकृतिक विधिबाट उपचार जारी रहेको छ । जिल्ला अस्पतालका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सम्वन्धि समिति, आफ्नै संयोजकत्वमा ५ सदस्यीय समग्र व्यवस्थापन समिति गठन भई काम सुरु भइसकेको भुषाले बताउनुभयो । आफ्नो समितिले जनशक्ति व्यवस्थापन, खरिद भौतिक निर्माण लगायतको काम गर्ने र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुलाई, एम्वुलेन्स चालकहरुलाई पनि नेपाल सरकारले दिएको सेवा सुविधा उपलब्ध गराउने गरी काम सुरु भएको हो । अव आर्थिक अभाव नरहेको र छिट्टै ४०० वेड सम्मको आइसोलेसन विस्तार गर्ने उहाँले योजना सुनाउनुभयो । त्यस्तै संक्रमित वढ्न सक्ने आकलन गरी राम्रा र धेरै ट्वाइलेट भएको विद्यालयमा पनि तयारी गरिने गरी ६०० देखि ७०० वेड तयार गर्न आफूहरु लागि परेको बताउनुभयो ।
भारतबाट आउनेहरुको सख्या घटेपनि अन्य देशबाट आउनेहरुलाई व्यस्थित गर्न आफूहरु तयार रहेको बताउँदै कोरोनाका लक्षण नदेखिएका विरामीलाई रजहरमा र जटिल अवस्था आए भरतपुरको कोरोना अस्थायी अस्पतालमा उपचार गरिने भएको छ ।

 

पुरा कुराकानी

https://www.facebook.com/vijayafm/videos/977189789362784/   

Share.

Leave A Reply