नगरकै शिक्षा समितिको वैधानिकतामा प्रश्न उठेको छः उपप्रमुख कडेँल (पुरा कुराकानी सहित)

0

२८ जेठ । गैडाकोट नगरपालिकाले यस वर्ष पनि करको दर नवढाउने भएको छ । नगरउप्रमुख विष्णु कुमारी कडेँलले दर नभई दायर वढाउने गरी छलफल अघि वढेको बताउनुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले राजश्व परामर्श समितिको बैठक वसेर आन्तरिक आयको टुगो लगाएको र छिट्टै कार्यपालिका बैठकमा पेश गर्ने बताउनुभयो । गत वर्ष ६ करोड ७८ लाख आन्तरिक प्रक्षेपणमा गरिएपनि राजश्व उठ्ने समयमा कोरोना महामारी ले समस्या सृजना गरेपछि २ करोड ८१ लाख ६९ हजार मात्रै हालसम्म संकलित भएको बताउनुभयो । आगामी वर्ष आन्तरिक आम्दानी ६ करोड १० लाख ५० हजार रुपैया अनुमान गरिएको जानकारी दिनुभयो ।

बताउँदै उपप्रमुख कडँेलले विदेशबाट आएर व्यवसाय गर्न चाहाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर कर छुट दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो । आगामी बजेको पहिलो प्राथमिकता स्वास्थ्य नै रहने र त्यसपछि कृषिलाई विशेष स्थान दिएर बजेटमा सम्वोधन गर्ने बताउनुभयो । विदेशबाट आउने युवाहरुलाई प्रोत्साहीत गर्ने देखि यहाँ रहेर कृषिमा लागिरहनुभएकाहरुलाई सम्वोधन हुने गरी बजेट आउने बताउनुभयो ।

साथै उप्रमुख कडँैलले नगरको विकासमा नेपाली काँग्रेस र काँेग्रेस पक्षिय जनप्रतिनिध कहिल्यै वाधक नभएको भन्दै नीति र नियमलाई कुल्चने प्रयास भएपछि त्यसलाई रोक्ने दायित्व भएकाले सुधारकालागि मात्रै आफूहरुले आवाज उठाएको बताउनुभयो । साथै उहाँले नगर शिक्षा समिति लगायतका विवाद छलफल र वहसबाट समाधान गर्न आफूहरु तयार रहेको तर त्यो वातावरण नवनेको भन्दै उहाँले सँगै मिलेर अघि वढ्न पुन आग्रह गनुृभयो ।

कानुन पढ्दै जाँदा नगर शिक्षा समिति कै वैधानिकतामा प्रश्न उठेको भन्दै आफू सदैव छलफल र वहसबाट समस्याको समाधान चाहाने भएकाले सोही अनुसार गरिदिन पनि अनुरोध गर्नुभयो ।

 

गैंडाकोट नगरपालिकाले नयाँ व्ययवसाय गर्नेहरुलाई विशेष छुट दिने

नगरका सवै विवाद छलफल र वहसबाट समाधान गर्न गैडाकोट नगरपालिकाकी नगरउप्रमुख विष्णुकुमारी कडेँलले आग्रह गर्नुभएको छ । साथै उहाँले नगरपालिकाको शिक्षा समिति नै अवैधानिक हुने गरी प्रश्न उठेको पनि बताउनु भयो । सुन्नुहोस् पुरा कुराकानी ।

Posted by 101.6 Vijaya FM on Wednesday, June 10, 2020

 

 

Share.

Leave A Reply