‘विपतमा हामी’ अभियानद्धारा गैडाकोट १६ र ६ मा राहत वितरण

0

२८ जेठ, गैडाकोट । ‘विपतमा हामी’ अभियानले गैडाकोट नगरपालिका वडानम्वर ६ र १६ का ३५ घरधुरीलाई राहत वितरण गरेको छ । अभियानका संयोजक गोकुल सापकोटाले जहाँ विपत र चुलो नवल्ने अवस्था छ त्यही घरपरिवारलाई घरमा नै पुगेर जनप्रतिनिधि सहितको रोहवरमा राहत वितरण गरेको जानकारी दिनुभयो ।

गैडाकोट १६ का १९ घरधुरी र वाँकी गैडाकोट ६ का विशेषगरी वोटे समुदायका विपन्न परिवारहरुलाई राहत वितरण गरेको उहाँले जानकारी दिनुभयो । राहतमा प्रति घरधुरी १० किलो चामल, चिउरा र मस्यौरा वितरण गरिएको हो ।

लकडाउन लव्याउने तर दैनिक ज्यालामजदुरीका कामहरु दिनेतर्फ सरकारले कुनै पहल नगर्दा दैनिकी संचालमा कठिनाई भएको विपन्न परिवारका सदस्यहरुको भनाई छ । वडाअध्यक्षले पनि राहत दिनेमा चासो नदिएपछि विपतमा हामी घरमानै आएर राहत दिएकोमा उहाँहरुले खुशी व्यक्त गर्नुभयो ।

गैडाकोट १६ को कार्यक्रममा संयोजक गोकुल सापकोटा, आर्थिक संयोजक राम तिवारी,किसान गुरुङ, विवेक न्यौपाने सहितका अभियान्ताहरु साथै कार्यपालिका सदस्य मेनका कडँेल, वडासस्दय सरिता दर्जी, लक्ष्मी सापकोटाको सहभागीता थियो ।

वडासदस्यहरुले विपन्न घरका सदस्यहरु समस्यामा रहेका र लकडाउन लम्विदा दैनिकी संचालमा थप कठिनाई भएकाले वडाबाटै  जनतालाई राहत वितरण गरौँ भन्दा वडाअध्यक्षले चासो नदिएको भन्दै विपतमा हामीलाई बोलाउन वाध्य भएको उहाँहरुको भनाई छ ।

नगर उप्रमुख विष्णुकुमारी कडेंललाई समस्या बताएपछि विपतमा हामीसँग सम्पर्क गराइदिनुभएको उहाँहरुको भनाई छ । विपतमा हामी वास्तवमै विपतकै वेला घरमानै आइदिएर समस्यमा परेका जनतालाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । यता गैडाकोट ६ को कार्यक्रममा बोल्दै वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले वोटे समुदायका सहित विपन्न परिवारलाई राहत दिएकोमा अभियानलाई आभार व्यक्त गर्दै अभियानलाई थप सहयोग गर्न आफू पनि तयार रहेको बताउनुभयो । कार्यक्रममा भाग्यदोय टोलविकास संस्थाकी अध्यक्ष मायादेवी ठकुरीले टोलभित्र अत्यन्त दुख पाउनुभएको घरधुरीलाई राहत दिएकोमा धन्यवाद दिनुभयो ।

Share.

Leave A Reply