जलुकेले तुलेडाँडा स्थित पानी प्रशोधन केन्द्रमा हरितगृह उद्यानको निर्माण गर्ने

0

माया कडेँल, २८ जेठ, गैडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तुलेडाँडा स्थित पानी प्रशोधन केन्द्रलाई हरितगृह (उद्यान)को रूपमा विकास गर्न लेवल एवम् बिस्तृत डिजाईनको काम गर्दे छ ।

पर्यावरण संरक्षणमा टेवा दिन , सरसफाई युक्त वातावरण बनाउन पानी प्रशोधन केन्द्र रहेको स्थानमा हरितगृह (उद्यान) बनाउन लागिएको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोतीचन्द्र चालिसेले जानकारी दिनुभएको छ ।

 

गैंडाकोट वडा नम्बर ४ मा रहेको तुलेडाँडा स्थित पानी प्रशोधन केन्द्र वरपरको क्षेत्रमा उद्यान बनाईदा त्यहा वरपर रहेका उपभोक्ता अन्य व्यक्ति र वालवालिकाले पनि घुम्न पाउने अध्यक्ष चालिसेले बताउनुभयो ।

त्यहा दुबो विरुवा र फूलहरु लगाई अध्यक्ष चालिसेले बताउनुभयो । हरितगृह (उद्यान)निर्माणका लागि कोषाध्यक्ष पार्वती शर्मा लम्सालको संयोजकत्वमा ५ सदस्यिय उद्यान निर्माण उपसमिति पनि गठन गरिएको छ ।

 

जलुकेको हाल दुई स्थानमा रहेका खानीपानी ट्याङकीबाट १६ सय ५० उपभोक्ताले शुद्ध खानेपानी खाईरहेका छन ।

Share.

Leave A Reply