आज २ सय ७९ जनामा संक्रमण, संक्रमितको सङ्ख्या ४ हजार ३ सय ६४, ९० जना डिस्चार्ज

0


प्रेम क्षेत्री जेठ २८, गैंडाकोट ।
आज २ सय ७९ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका कुल संक्रमितहरुको सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा २५७ पुरुष र २२ जना महिला गरि आज २ सय ७९ जनामा संक्रमण देखिएको होे ।
संक्रमित ४ हजार ३ सय ६४ मध्ये पुरुष ४ हजार ५५ जना र महिला ३ सय ९ जनामा यसको संक्रमण देखिएको हो ।
७२ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ९० जना डिस्र्चाज भएका छन् । २ जना महिला र ८८ जना पुरुष गरि ९० डिस्चार्ज भएका छन् । हालसम्म ७९ महिला र ५९५ जना पुरुष गरि ६७४ जना निको भई घर फर्किएका छन् ।
मृत्यु हुनेको सङ्ख्या १५ रहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा १ लाख ७२ हजार २ सय ६६ जना रहेका छन् ।
पिसिआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटि विधिबाट १ लाख ७२ हजार ८ सय ८० वटा परिक्षण भएका छन् ।
नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ७९ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply