देवचुलीका युवाहरुले निर्माण गरे ‘पैसो’

0


प्रेम क्षेत्री,
देवचुली । पुर्वी नवलपरासी देवचुलीका युवाहरुले छोटो फिल्म ‘पैसो’ निर्माण गरेका छन् ।

देवचुली नगरपालिका दलदले र आसपासका युवाहरुको सक्रियतामा निर्माण गरिएको सो फिल्ममा सपनाको सहर काठमाडौं पैसा कमाउन आएका ३ युवाको कथा समेटिएको छ । कोरोना कहरका बीचमा निर्माण गरिएको यस फिल्ममा पैसाका महत्त्वलाई उजागर गर्ने प्रयास गरेको छ ।

अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको फिल्म कलाकार राज न्यौपाने तथा चलचित्रकर्मी अर्जुन तिवारीले निर्माण गरेका हुन् । बिनोद ढकालको भ्वाइस ओभर रहेको फिल्ममा अर्जुन सुवेदी, संजोग पौडेल, राकेश विक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्णबहादुर गिरीले अभिनय गरेका छन् ।

फिल्ममा विनय कार्की क्षेत्रीको पृष्ठभूमि संगीत तथा गायन छ भने गीतको शब्द सिमोन न्यौपानेले रचना गरेका हुन् । ओम नमः शिवाय मल्टि स्टुडियो मिडिया सिष्टममा पोष्ट प्रोडक्सन गरिएको फिल्मको छायांकन तथा सम्पादन अर्जुन तिवारीले गरेका हुन् ।
फिल्म लेखन तथा निर्देशन राज न्यौपानेले गरेका हुन् ।

यस्तो छ, फिल्मको कथावस्तु

पैसा कमाउन काठमाडौं पसेका ३ युवा राकेश ‘लारा’, संजय पोखरेल र संजोग पौडेल ‘भोटे’ को कथा हो पैसो । फिल्म क्षेत्रमा काम गर्ने यिनीहरुको आफ्नै कथा छ । लाराले भूकम्पको कारण बाबु आमाको साथ घर समेत गुमायो फिल्म क्षेत्रमा काम गर्न उनी काठमाडौं आए । हिरो बन्न आएको तर मोटाएर ‘मोटे’ बनेका छन् संजोग । एकसाथ बस्ने यी तिनको एकै समस्या सुरु भएको छ । लकडाउनको समयमा घरभाडा देखी खाना सम्मको अभाव छ । काम गरेको ठाउँबाट समयमा पैसा नपाउने क्षेत्र भनेर चिनिने फिल्म क्षेत्रमा काम गर्ने यिनीहरुले विषम परिस्थितिमा कामको पैसा पाउने त कुरै रहेन । यहि बीच बिना कुनै विकल्प रित्तो हात भएका छन् यिनीहरु । यहि कथा छ, यस फिल्ममा ।

फिल्म हेर्न लिंकमा क्लिक गर्नुहोस् ।

Share.

Leave A Reply