गैैडाकोट १३ र १४ का कोरोना संक्रमित कहाँबाट कसरी आए ? (पढ्नुहोस् सवै विवरण)

0

स्वाव संकलन सम्पन्न पश्चात सेनिटाइज गर्दै प्राविधिक स्वास्थ्यकर्मी

डोलराज रानाभाट,२८ जेठ । गत जेठ २६ गते लक्ष्मी माविमा संकलित १७ स्वाव नमुना परीक्षणको रिपोर्ट आएको छ । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोशलामा गरिएको स्वाव परीक्षणमा २ जनाको पोजेटिभ आएको हो । गैडाकोट १३ का २३ वर्षीय पुरुष र गैडाकोट १४ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उहाँहरुलाई कुनै पनि लक्षण देखिएको छैन भने स्वास्थ्य अवस्था सामान्य छ र अहिले रजहर स्थित प्राकृतिक चिकित्सालयमा राखिएको छ । उहाँहरु लक्ष्मी मावि र जनशक्ति आधारभूत विद्यालयको क्वारेनटाइनमा वस्दै आउनुभएको थियो ।

गैंडाकोट १३ का युवा भारतको गुजरातबाट जेठ १५ गते वसमा ५० जना सहित सुनौली नाका आएको र जेठ १५ गते नै सुनौलीबाट पीकअप भ्यानमा ८ जनाको टोली सहित गैडाकोट आइपुग्नुभएको भएको नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । पीकअपमा रहेका ८ जना मध्ये ४ जना केउरेनी झरेका थिए भने २ जना रजहरमा र २ जना गैडाकोट आएका थिए । २ जना गैडाकोट झरेका मध्ये एक संक्रमित र अर्का एक जनाको भने रिपोर्ट नेगेटिभ आएपछि १४ दिन घरमै होमक्वारेनटाइनमा वस्ने गरी पठाइएको हेल्थ असिस्टेण्ट माधव आचार्यले बताउनुभयो ।

गैडाकोट १४ का युवा बम्बई बाट ४९ जना नेपाली सवार वसमा सुनौली नाका सम्म आउनुभएको थियो । उक्त वसमा तनहुँ, नवलपुरका बौद्धिकालि लगायतका थिए । त्यसपश्चात जेठ १४ गते सुनौलीबाट कावासोतीमा २७ जना सहित बलेरोबाट आउदा ५ जना गैडाकोटका हुनुन्थ्यो भने अन्य वौदिकालि गाउँपालिकाका हुनुहुन्थ्यो ।

जेठ १४ गते गैडाकोटका ५ जना मध्ये ३ जना सँगै एउटै कोठमा वस्दै आउनुभएको थियो । गैडाकोटका १ जना भने क्वारेनटाइनमा हुनुहुन्छ । भेडावारीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेर होम क्वारेनटाइनमा वस्न भनिएको छ भने एक जना संक्रमितलाई रजहर लगिएको छ । उहाँहरुलाई सिधै क्वारेनटाइनमा राखिएकोले परिवार र समुदायसँग सम्पर्क नभएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।

यो सँगै गैडाकोट नगरपालिकामा कोरोना संक्रमितको सख्या ४ पुगेको छ । जसमा गैडाकोट १ का ३३ वर्षीय पुरुष, गैडाकोट ७ का ३९ वर्षीय पुरुष, गैडाकोट १३ का २३ वर्षीय पुरुष र गैडाकोट १४ का २६ वर्षीय पुरुष रहनुभएको छ । सवैलाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा राखिएको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  गैडाकोटबाट परीक्षणका लागि लगिएका १७ स्वाव मध्ये अन्य १५ स्वावको रिपोर्ट भने नेगेटिभ रहेको छ ।

Share.

Leave A Reply