गैंडाकोट नगरपालिकाका थप २ जना र देवचुलीका १ जनामा कोरोना संक्रमण पुष्टी

0

डोलराज रानाभाट, २८ जेठ, गैडाकोट । गैंडाकोट नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यही जेठ २६ गते लक्ष्मी माविमा संकलन गरिएको स्वाव परीक्षणको क्रममा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण पुष्टी हुनेमा गैडाकोट नगरपालिका वडानम्वर १३ का २३ वर्षीय र १४ का गरी २६ वर्षीय पुरुष रहेका छन्। उहाँहरु क्वारेनटाइमै रहनुभएको छ । १७ जनाको स्वाव संकलन गरी कोरोना रहे नरेहेका परीक्षण गर्न भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको थियो । उनीहरु दुवै जना क्वारेनटाइनमा वस्दै आइरहेका छन् ।
क्वारेन्टाईनमा ८ देखी १३ दिनसम्म बसेकाहरुको स्वाब संकलन गरिएको थियो । यसरी स्वाब संकलन गरिएकाहरु मध्ये लक्ष्मि मावि अमरापुरीमा बसेका १३ जना, भेडाबारी कभर्डहलमा बसेका २ र जनशक्ति आधारभुत विद्यालयका २ जना रहेका छन् । यसअघि गत शुक्रबार १५ जनाको स्वाब संकलन गरि पठाईएकोमा दुई जनाको वाहेक सवै रिपोर्ट नेगेटिभ आएको थियो । यो सँगै गैडाकोट नगरपालिकामा कोरोना संक्रमितको सख्या ४ पुगेको छ ।
यसैविच आज नै देवचुली नगरपालिका वडानम्वर ४ का एक ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । गत जेठ २२ गते संकलित ६९ स्वाव मध्ये १७ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टी भएको हो । यो सँगै देवचुलीमा कोरोना संक्रमितको सख्या ६ पुगको छ भने देवचुली माइत भइ काठमाण्डौमा उपचाररत एक युवती भने निको भएर घर फर्किसक्नुभएको छ । अव नवलपुर जिल्लामा कोरोना संक्रमितको सख्या ३७ पुगेको छ ।
गैडाकोट नगरपालिकामा ४ जना, देवचुली नगरपालिकामा ६ जना, कावासोतीमा ५ जना, विनयी त्रिवेणीमा ५ जना, हुप्सेकोटमा ४ जना, बुलिङटारमा १ जना र वौदीकालिमा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
गण्डकी प्रदेशमा भने आज नवलपुरमा ३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कुल सख्या १४७ पुगेको छ ।

Share.

Leave A Reply