बुलिङ्टार गाउँपालिकाबाट संकलित २३ स्वावको रिपोर्ट नेगेटिभ

0

मनप्रसाद भाट, २७ जेठ, बुलिङ्टार । भारतीय सीमामा अलपत्र परेका बुलिङ्टारका स्थानीयलाई गाउँपालिकाले उद्दार गरेर क्वारेनटाइनमा राखेपछि अहिले पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्र पारिएको छ ।

हालसम्म एक जना कोरोना संक्रमित रहेको गाउँपालिकाले स्वाव संकलनलाई तिव्र पारेको हो । गाउँपालिकाका विभिन्न विद्यालयमा रहेका क्वारेनटाइनमा उनीहरुलाई राखिएको छ ।

जसमध्य वडानम्वर ५ जौवारीको गोरखनाथ आधारभूत विद्यालय राइकोटमा तयार पारिएको क्वारेनटाइनमा रहेका २३ जनाको स्वाव रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्वाव परीक्षणको लागि पोखरा पठाइएको थियो । हिजो विहान रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष शसिकिरण वस्ताकोटीले जानकारी दिनुभयो ।

 

गाउँपालिकामा अहिले वडानम्वर ६ को शिव मावि अत्रौली मा रहेको क्वारेनटाइनमा रहेका ३१ जना, वडानम्वर ४ मा रहेको गोरखकाली मावि सिङ्चाङमा २४ जना र त्रिभुवन मावि बुलिङटार वडानम्वर ३ मा ५१ जना सहित  कुल १०८ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको छ । त्यस्तै देव वडाचुली मावि डाँडाझेरीमा रहेका १७ जना र वडानम्वर १ मा रहेका १३ जनाको पनि १० दिन पुगेपछि स्वाव संकलन गर्ने तयारी गरिएको छ ।

क्वारेनटाइनमा रहेकाहरुलाई खाना, खाजा, वत्ती, पंखा सहित वाइफाइको सुविधा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष शसिकिरण वस्ताकोटीले जानकारी दिनुभयो ।

 

 क्वारेनटाइनमा रहेकाहरुको सुरक्षाका लागि २४ सै घण्टा सुरक्षाकर्मीका साथै स्वयमसेवकहरु पनि परिचालन गरिएको छ । त्यस्तै क्वारेनटाइमा रहदा देखिन सक्ने स्वास्थ्य समस्या समाधानका लागि २४ सै घण्टा स्वास्थ्यकर्मीले सेवा दिइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

कम्तीमा १४ दिन क्वारेनटाइनमा राखिने र एक हप्ता क्वारेनटाइनमा बसेका को पि सि आर परिक्षण सुरु गरिएको उहाँको भनाई छ ।

Share.

Leave A Reply