गैडाकोटका ८ वटा वडामा दादुरा रुवेला अभियान सफल, लक्ष्यभन्दा राम्रो प्रगति

0

डोलराज रानाभाट, २७ जेठ । गैडाकोट नगरपालिका वडानम्वर १ देखि ९ सम्म दादुरा रुवेला खोप अभियान सम्पन्न भएको छ । वडानम्वर ३ वाहेक अन्य वडाका सवै ९ महिना देखि माथि र ५ वर्ष मुनिका वालवालिकालाई खोप लगाइएको हो । लक्ष्य भन्दा वढि वालवालिकालाई खोप लगाउन सफल हुँदै अभियान सम्पन्न भएको गैडाकोट स्वास्थ्य चौकीका प्रमुख घनश्याम भट्टराइले जानकारी दिनुभयो ।

अभियान अन्तगर्त २२ सय २ जनालाई खोप लगाउने लक्ष्य भएपनि ३१ सय ६ जनालाई खोप लगाइएको भट्टराइले बताउनुभयो । भौगोलिक विकटाका कारण गैडाकोट ३ सहित अन्य वडामा अभियान जारी रहेको छ ।

 

हालसम्म सम्पन्न गैडाकोट १ मा २९९ जना लक्ष्य रहेकोमा ५३५ जनालाई खोप लगाइएको छ भने गैडाकोट २ मा ५७७ लक्ष्य राखेकोमा ४८० जनालाई, गैडाकोट ४ मा २८२ लक्ष्य राखेकोमा ४२९ जनालाई, गैडाकोट ५ मा ३६३ जना लक्ष्य रहेकोमा ६०२ जनालाई, गैडाकोट ६ मा २०१ लक्ष्य रहेकोमा ३३० जनालाई, गैडाकोट ७ मा १८७ जना लक्ष्य रहेकोमा २८२ जनालाई, गैडाकोट ८ मा १९० लक्ष्य रहेकोमा ३०२ जनालार्य र गैडाकोट ९ मा १०३ जना लक्ष्य रहेकोमा १३० जनालाई खोप लगाइएको हो ।

 

सन् २०२३ सम्म नेपाललाई दादुरा रुवेला रहित देश घोषणा गर्ने लक्ष्यलाई गैडाकोटबाट भने मद्दत पुगेको छ । धेरै शिक्षित व्यक्तित्व भएका कारण पनि खोपमा उल्लेखनीय प्रगति भएको भट्टराइले बताउनुभयो ।

Share.

Leave A Reply