नवलपुर सहित गण्डकी प्रदेशमा ६ महिनामा २७ डेंगुका विरामी

0

डोलराज रानाभाट, २७ जेठ । गण्डकी प्रदेशमा डेँगुका विरामी वढ्दै गएका छन् । गर्मी वढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेँगु रोग प्रदेशका ६ वटा जिल्लामा देखा पर्न थालेको हो । ६ महिनाको तथ्याङ हेर्दा हालसम्म २७ जनामा डेँगु र ५ जनामा स्क्रव टाइफस देखा परेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

डेँगु देखिएका जिल्लाहरुमा नवलपुरमा १ जना, म्याग्दीमा १२ जना, कास्कीमा १० जना, तनहुँमा १ जना , पर्वतमा २ जना र बाग्लुङमा १ जनामा डेँगु देखिएको हो । कोरोना सँगै डेँगुका विारमी पनि वढेको भन्दै लामो वाउला भएका लुगा लगाउने सरसफाइमा ध्यान दिन शर्माले आग्रह गर्नुभयो ।

 

नवलपुरको कावासोती १४ का एक व्यक्तिमा दुइ हप्ता डेंगु देखिएको तर अहिले निको भइसकेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply