पीसीआर परीक्षणमा नेगेटिभ आएपछि गैडाकोटका २ जनालाई घर पठाइयो

0

डोलराज रानाभाट, २७ जेठ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गैडाकोटका दुई जनालाई घर पठाइएको छ । नेपाल शमशेर माविको क्वारेनटाइनमा वस्दै आएका दुई जना पुरुषलाई आज डिस्चार्ज गरिएको हो ।

यसैवीच नगरभित्रका विभिन्न क्वारेटाइनमा अहिले ७१ जना वसिरहेका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाका अनुसार ६ जना महिला र ६५ जना पुरुष क्वारेनटाइमा रहेका हुन् ।

 

जसमा लक्ष्मी माविमा ३ महिला सहित २२ जना, जनशक्ति आधारभूत विद्यालयमा १ महिला सहित ६ जना, गैडाकोट ११ को कभर्ड हलमा ८ जना पुरुष, नारायाण्ी माविमा २ महिला सहित १३ जना, शमशेर माविमा १२ जना पुरुष र एसपीएम कलेजमा १० जना पुरुष रहेका छन् ।

 

नगरमा हालसम्म ११७ जनाको पीसीआर परीक्षण भएकोमा २ जनाको पोजेटिभ देखिएको छ । गैडाकोट १ का ३३ वर्षीय र गैडाकोट ७ का ३९ वर्षीय दुवै जना पुरुषलाई रहजर स्थित प्राकृतिक चिकित्सालयमा राखिएको छ ।

उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Share.

Leave A Reply