बुलिङ्टार गैंडाकोट सम्पर्क समाजले गर्यो क्वारेन्टाइनलाई १ लाख बराबराको राहात सामग्री बितरण

0

होमराज रानाभाट, नवलपरासी, जेठ २७ गते । पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकामा सामुदायिक विद्यालयमा क्वारेन्टाईनमा रहेका गाउँपालिकाका १८० जनालाई पहिलो पटक बुलिङ्टार गैंडाकोट सम्पर्क समाजले एक लाख रुपैयाँ बराबरको राहात सामग्री वितरण गरेको छ । हाल बुलिङ्टारमा १८० जना क्वारेन्टाईनमा रहेका छन् र उनीहरु सबै बुलिङ्टारका बासिन्दा हुन् । भारतबाट आएका उनीहरुलाई सिधै क्वारेन्टाईनमा राखिएको र अहिले सम्म १ सय जनाको पीसीआर परिक्षण गरिएको र नतिजाको पर्खाइमा रहेको बुलिङ्टार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले बताउनुभयो । बुलिङ्टार गैंडाकोट सम्पर्क समाजले गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका वडाहरुमा क्वारेन्टाईनमा रहेको हरुलाई १ लाख बराबरको खाद्यन्न राहात वितरण गरेकोे समाजका अध्यक्ष खड्गबहादुर कमालले बताउनुभयो ।
समाजका सल्लाहाकार तथा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगर, समाजका सल्लाहकार तथा पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट, समाजका सल्लाहाकारहरु, कार्यसमितिका पदाधिकारीहरु सहितको टोलीले सबै वडामा पुगेर राहात वितरण गरेको सचिव बेलबहादुर दराईले बताउनुभयो । समाजले सबै वडाध्यक्षहरुको रोहबरमा राहात सामग्री बितरण गरेको र समाजले गरेको कार्य प्रति बुलिगंटार गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सुर्य बहादुर राना मगरले आभार व्यक्त गर्नुभएको थियो । समाजका पदाधिकारी, सदस्य, साधारण सदस्य, सल्लाहकार र शुभेच्छुकहरुले रकम सङ्कलन गरेर सो राहात वितरण गरिएको समाजका कोषाध्यक्ष पृथबहादुर राना मगरले बताउनुभयोे । गाउँपालिकामा राहात वितरण गरिएको यो नै पहिलो भएको भन्दै स्थानीयहरुले पनि खुशी व्यक्त गरेका छन् ।

Share.

Leave A Reply