आज ३२३ जना थपिए, कोरोना संक्रमितको सङ्ख्या ४ हजार ८५

0


जेठ २७, गैंडाकोट । नेपालमा कोरोना संक्रमितको सङ्ख्या चार हजार नाघेको छ । मंलबार तीन सय २३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको सङ्ख्या चार हजार ८५ पुगेको हो ।
आज विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply