चितवनमा कोरोना संक्रमणबाट मृतकको बागेश्वरी जंगल नारायणी तटमा अन्त्येष्टी

0


प्रेम क्षेत्री
जेठ २७, गैंडाकोट ।
चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको देवघाट नजिकै बागेश्वरी जंगल नारायणी नदी तटीय क्षेत्रमा अन्त्येष्टी गरिएको छ ।
भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ६८ वर्षिय उक्त व्यक्तिको परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिएको हो । परिवारजनको उपस्थितिमा जातिय परम्परा अनुसार खाल्डो खनि गाडेर शवको ब्यवस्थापन गरिएको छ । नेपाली सेनाको भरतपुर स्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले शव ब्यवस्थापन गरेको हो । कोरोना संक्रमणको जोखिम हुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका लागि शव ब्यवस्थापनको जिम्मेवारी सेनालाई दिईएको हो ।
नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका उनको आज मृत्यु भएको थियो । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् ।

Share.

Leave A Reply