भरतपुर २२ मा ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

0


प्रेम क्षेत्री,
जेठ २७, भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २२ मा अत्यावश्यक बाहेकका सेवा तत्काललाई बन्द गरिएको छ ।

वडाको विपद् व्यवस्थापन समितिले ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रकोप वडामा पनि देखिएको भन्दै दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधी पसल, भेटनरी र पशु आहार (दाना चोकर) बाहेकका सम्पूर्ण सेवा र पसलहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

मंगलबार २७ गतेदेखी यहि जेठ मसान्त ३२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।  साथै उहाँले सम्पूर्ण वडाबासीहरुलाई घरभित्र नै सुरक्षित रुपमा बस्न र नआत्तिन आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply