गैंडाकोट ११ मा राहत वितरण

0


जेठ २६ , गैडाकोट ।
सोमवार गैडाकोट ११ मा कोरोनाका कारण अभाव झेल्न बाध्य भएका अशक्त वृद्ध वृद्धा, एकल महिला, अपाङ् लगायत ३६ जनालाई राहत सामग्री वितरण गरिएको छ । स्थानीय एकता महिला समुहका सदस्य द्वय तिर्था कोईराला र लिला ढुङ्गाना अधिकारीको पहलमा क्याम्रुन बिश्व विध्यालय एल्मोनाई ग्रुपका संयोजक जीवनराज भट्टराई तथा एष्ट्रो वेद प्रालीका संचालक परिवेश कोइरालाबाट प्राप्त राहत सामग्री वितरण गरिएको हो । कार्यक्रममा गैडाकोट ११ का वडा अध्यक्ष गोविन्द सुवेदी, स्थानीय युवा लुकुश धिताल र धिरज शर्माको सहयोग रहेको रामहरि शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply