मध्यविन्दु वाहेक नवलपुरका सवै तहमा कोरोना संक्रमित, आज विहानै वौदिकालिका १२ जनामा संक्रमण पुष्टी

0

डोलराज रानाभाट, २७ जेठ । नवलपुर जिल्लाका ८ स्थानीय तहमध्ये मध्यविन्दुमा वोहक सवै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । आज विहानै जिल्लाको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार बौदिकालि गाउँपालिका वडानम्वर २ का १९ र ३० वर्षीय २ पुरुष, वडानम्वर ३ का ३० वर्षीय एक पुरुष, वडानम्वर ४ का १८,१८,१९,२०,२१,२२,२२,३० र ४० वर्षीय ९ पुरुष रहनु भएको छ । उहाँहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको चापागाईले बताउनुभयो ।

उहाँहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । हिजो मात्रै गैडाकोट नगरपालिकाका २ जनामा (गैडाकोट १ का ३३ वर्षीय र गैडाकोट ७ का ३९ वर्षीय पुरुषमा ) र कावासोतीका ३ जनामा गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो सँगै नवलपुरमा कोरोना संक्रमितको सख्या ३४ पुगेको छ ।

जसमा गैडाकोट नगरपालिकामा २ जना, देवचुली नगरपालिकामा ५ जना, कावासोती नगरपालिकामा ५ जना, विनयी त्रिवेणीमा ५ जना, बुलिङ्टारमा १ र वौदिकालिमा १२ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै गण्डकी प्रदेश, म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४६ का १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरि गण्डकी प्रदेश, बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उहाँहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

Share.

Leave A Reply