भरतपुरको कोभिड १९ मा गरिएको ३१० स्वाव परीक्षणमा ३० जनाको पोजेटिभ

0

२६ जेठ । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गत जेठ २३ र २४ गते शुक्रवार र शनिवार गएका ३१० स्वाव परीक्षण गर्दा आज मात्रै ३० जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकोमा ३ जना चिकित्सक सहित स्वास्थ्यकर्मी रहेका छन् । संक्रमण देखिएका मध्ये २४ जना चितवनका, पाँच जना नवलपुरका र एक जना धादिङका रहेका छन् ।

जस मध्ये ३ जना चितवनमा कार्यरत स्वास्थ्य कर्मी हुन । दुई चिकित्सक र एक नर्समा कोरोना संक्रमण देखिएको र उहाँहरु नीजि अस्पतालमा कार्यरत रहनुभएको थियो । पोजेटिभ देखिएका मध्ये ४ जना क्वारेनटाइनमा नरहेको पाइएको छ । नर्स मनकामना अस्पतालमा कार्यरत रहेको पाइएको छ । उहाँ सहित चिकित्सक पनि नियमित काममै रहनुभएको खुलेको छ ।

अन्य संक्रमितमा ५ जना नवलपुर थिए । चितवनमा भेटीएका संक्रमीतहरु मध्ये माडी नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ जना , भरतपुर महानगरपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका ११ जना, कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा उपचारत २ जना, नारायणी सामुदायीक अस्पतालमा चितवनको आइसियूमा उपचारत १ जना , भरतपुरको विपि कोइराला क्यान्सर अस्पतालमा उपचार गराएर डिस्टार्च भएका १ जना , भरतपुरको निजी अस्पतालमा कार्यरत चिकित्सक २ जना र नर्स १ जना रहेका छन् । त्यस मध्ये तिन जना भरतपुर महानगरपालिकाका स्वास्थ्यकामी, नारायणी सामुदायीक अस्पतालमा चितवनको आइसियूमा उपचारत एक विरामी भने क्वारेन्टाईनमा थिएनन् ।

कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा उपचारत २ जना, भरतपुरको विपि कोइराला क्यान्सर अस्पतालमा उपचार गराएर डिस्टार्च भएका घर पुगेका राजविराजका विरामी भने अस्पतालको आईसोलेशनमा रहेको जनस्वास्थ्य कार्यलय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिनुभयो । क्वारेन्टाईनमा नरहेका संक्रमितहरुको संम्पर्कमा रहेकाहरु भने खोजी कार्य भै रहेको छ । सवै संक्रमितको चितवनमानै उपचार गरिने भएको छ ।

Share.

Leave A Reply