गैंडाकोटका कोरोना संक्रमित दुई जना भारतबाट आइ सिधै क्वारेनटाइनमा बसेका थिए

0

डोलराज रानाभाट, २६ जेठ । आज कोरोना संक्रमण पुष्टी भएका गैडाकोट नगरपालिका वडानम्वर १ का ३३ वर्षीय र वडानम्वर ७ का ३९ वर्षीय पुरुषमा कुनै पनि लक्षण देखिएको छैन । उहाँहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

आज पौडेल स्वयम रजहर स्थित प्राकृतिक चिकित्सालय पुगेर उहाँहरुलाई काउन्सिलिङ गरी फर्कनुभएको थियो । गैडाकोट १ का पुरुष जेठ १२ गते काकाडभित्ता हुँदै दिउसो १ बजे पोखरा जाने वसमा आउनुभएको र उहाँ आएको वसमा ३६ जना सवार रहेको थिए । नारायणगढमा उहाँ आएको थाहा भएपछि प्रहरीले क्वारेनटाइनमा लगेर राखेका थिए भने अरु सवै पोखराका थिए ।

गैडाकोट ७ का पुरुष दील्लीबाट सुनौली नाका हुँदै वसमा आउनुभएको र उहाँ आएको वसमा ३७ जना सवार रहेका मध्ये ३ जना गैडाकोटका, ३ जना कावासोतीका, २ जना वर्दघाटका, १ जना दलदले, २ जना अरुणखोला र १ जना चितवनका र वाँकी अन्य जिल्लाबा थिए । उनीहरु सवै जेठ १५ गते गैडाकोट आएपछि क्वारेनटाइनमा राखिएको थियो । अन्य जिल्लाका स्वास्थ्य शाखा प्रमुखहरुलाई पनि खवर भइसकेको र सवै क्वारनेटाइनमा रहेको बताइएको छ ।

उहाँहरु दुवै जनाले आफ्नो परिवार र समुदाय कोही कसैसँग सम्पर्कमा नरहेको र भारतको नाकाबाट गैडाकोट आएपछि सिधै क्वारेनटाइनमा राखिएकोले नगरवासी आत्तिन नपर्ने पौडेलले बताउनुभयो । गत शुक्रवार पठाइएको १५ स्वाव मध्ये २ जनाको वाहेक अरु सवै नेगेटिभ आएको छ ।

आज पुन १७ जनाको स्वाव संकलन गरी परीक्षणको लागि भरपुर कोरोना परीक्षण प्रयोगशाला पठाइएको छ । गैडाकोटका दुई जना संक्रमितसँगै नवलपुर जिल्लामा आज मात्रै ५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा कावासोती नगरपालिका वडानम्वर १ का २१ र ४० वर्षीय पुरुष तथा वडानम्वर ६ की ६३ वर्षीय महिला रहनुभएको छ । पुरुषहरु भारतबाट कामको शिलशिलामा र ६३ वर्षीय महिला उपचार गराएर भारतबाट आई क्वारेरनटाइमा रहनुभएको थियो । यसरी जिल्लामा कुल संक्रमितको सख्या २२ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

गैडाकोटमा २, देवचुलीमा ५, कावासोतीमा ५,विनयी त्रिवेणीमा ५,हुप्सेकोटमा ४ र बुलिङटारमा १ जना कोरोनाका संक्रमित रहेका छन् । जिल्लाका ८ स्थानीयत तहमध्ये मध्यविन्दु नगरपालिका र वौदिकालिमा भने अहिले सम्म कोरोना संक्रमित भेटिएको छैन ।

आज थपिएका पाँचै जना कोरोना संक्रमितलाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा राखिएको छ ।

Share.

Leave A Reply