गैंडाकोट ८ का भनिएका संक्रमित गैंडाकोट १ का

0

प्रेम क्षेत्री, जेठ २६, गैंडाकोट ।
गैंडाकोटमा आज कोभिड–१९ पुष्टि भएका २ संक्रमित मध्ये एक जना गैंडाकोट १ का रहेको खुलेको छ ।

यसअघि संक्रमित व्यक्तिको ठेगाना गैंडाकोट ८ भनिएको थियो । उनले यसअघि नाम टिपाउँदा गलत ठेगाना टिपाएको गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उनमा संक्रमण देखिएपछि आज सम्पर्क गर्दा वास्तविक ठेगाना गैंडाकोट १ रहेको उल्लेख गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि गराईएको रेकर्डका आधारमा उनि गैंडाकोट ८ भनिएको थियो ।

उहाँका अनुसार गैंडाकोट १ का उनि काँकडभित्ता हुँदै गैंडाकोटको क्वारेन्टाईनमा आएको र गैंडाकोट ७ का अर्का व्यक्ति दिल्लीबाट सुनौली हुँदै गैंडाकोट आएको उहाँले जानकारी दिनुभयो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । उनिहरुसँगै क्वारेन्टाईनमा रहेका व्यक्तिको परिक्षण र कन्ट्रयाक्ट टे«सिङको काम अघि बढाईने समेत उहाँले बताउनुभयो । साथै उहाँले नआत्तिन सबैमा आग्रह समेत गर्नुभएको छ ।

Share.

Leave A Reply