गैंडाकोटमा २ जनामा कोभिड–१९ को पुष्टी

0


प्रेम क्षेत्री, जेठ २६, गैंडाकोट ।
गैंडाकोटमा २ जना व्यक्तिमा कोरोना भाईरस कोभिड–१९ को पुष्टी भएको छ ।

गैंडाकोट १ निवासी ३३ वर्षिया पुरुष र गैंडाकोट ७ निवासी ३९ वर्षिया पुरुषमा कोभिड–१९ पुष्टी भएको गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

उनिहरु समुदाय स्तरमा नगएको र क्वारेन्टाईनमा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

उनिहरुलाई अहिले रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेको आईसोलेसनमा सार्ने तयारी भईरहेको छ ।

उहाँका अनुसार गैंडाकोट १ का उनि काँकडभित्ता हुँदै गैंडाकोटको क्वारेन्टाईनमा आएको र गैंडाकोट ७ का अर्का व्यक्ति दिल्लीबाट सुनौली हुँदै गैंडाकोट आएको उहाँले जानकारी दिनुभयो ।

उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको । उनिहरुसँगै क्वारेन्टाईनमा रहेका व्यक्तिको परिक्षण र कन्ट्रयाक्ट टे«सिङको काम अघि बढाईने समेत उहाँले बताउनुभयो ।

साथै उहाँले नआत्तिन सबैमा आग्रह समेत गर्नुभएको छ ।

 

गैंडाकोट ८ का भनिएका संक्रमित गैंडाकोट १ का

Share.

Leave A Reply