गैडाकोटका २ जनामा कोरोना संक्रमण पुष्टी

0

डोलराज रानाभाट, २६ जेठ । नवलपुरमा आज थपिएका ५ कोरोना संक्रमित मध्ये २ जना गैडाकोट नगरपालिकाका रहेका छन् । गैडाकोट नगरपालिका वडानम्वर ७ का ३९ वर्षीय पुरुष र वडा नम्वर  १ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइले जानकारीदिनुभयो । उनीहरु सिधै नारायणी माविमा वनाईएकाे क्वारेनटाईनमा वसीरहेका थिए । परिवार र समुदायकाे सम्पर्कम नअाएका उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । हाल दुवै जनालाई रजहरकाे प्राकृतिक चिकित्सालयमा लगिएकाे गैडाकाेट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पाैडेलले जानकारी दिनुभयाे । याे   सँगै गैडाकोट नगरपालिका भित्र पनि पहिलो पटक कोरोना सक्रमण देखिएको छ । अन्यमा कावासोती नगरपालिका वडा नम्वर १ का  २१ र ४० वर्षीय पुरुष तथा वडा नम्वर ६ की ६३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

Share.

Leave A Reply