नवलपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टी, कुल सख्या २२ पुग्यो

0

डोलराज रानाभाट, २६ जेठ, गैडाकोट । नवलपुर जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गत शुक्रवार र शनिवार  गएका ३१० स्वाव परीक्षण गर्दा आज एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएपछि भरतपुर अस्पतालले फेसवुक लाईभ गरी जानकारी गराएको थियो । फितलो तयारीका साथ गरिएको लाइभबाट दिएको सूचना वुझ्न कठीन भएको छ । नवलपुरका कुन कुन ठाउँका भन्ने नखुलाएपनि ६३ वर्षीय महिला र ३३, ३९, २१ र ४० वर्षीय ४ जना पुरुष रहेका छन् । जिल्लामा आज थपिएका ५ सँगै कुल संक्रमितको सख्या २२ पुगेको छ । एक जना निको भएर घर फर्किएपनि अन्यको भरतपुर अस्पताल, भरतपुर कोरोना विशेष अस्थायी अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल र रजहरको प्राकृतिक चिकित्सालयमा उपचार जारी छ । भरतपुर अस्पतालको आइसीयुमा रहेका एक संक्रमितको अवस्था भने स्थिर छ ।

Share.

Leave A Reply