चितवनमा गरिएका परिक्षणमा आज २० जनामा कोरोना संक्रमण, ६ जना माडीका

0

जेठ २६, चितवन । चितवनमा गरिएका स्वाब परिक्षणमा आज २० जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुरस्थित कोभिड १९, परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा २० जनामा कोभिड १९ को संक्रमण पाईएको जनाईएको छ । आज पुष्टि भएका मध्ये भरतपुरको एक निजी अस्पतालमा कार्यरत १ जना चिकित्सकसमेत रहेको श्रोतले जनाएको छ ।

संक्रमित व्यक्तिहरु मध्ये ६ जना माडीका रहेका छन् । माडीबाट पठाईएको ९० जनाको स्वाब मध्ये सोमेश्वर मावि वरुवामा रहेका ६ जनामा संक्रमण रहेको पाईएको स्रोतले बताएको छ । स्थानीय जनप्रतिनिधीले समेत ६ जनामा संक्रमण रहेको पाईएको प्रारम्भिक जानकारी आएको बताएका छन् । उनीहरु केही दिन अघिमात्रै भारतबाट आएका थिए । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

आधिकारिक विवरण आउन बाँकि छ ।

Share.

Leave A Reply