गैंडाकोटमा आज १७ जनाको स्वाब संकलन, शुक्रबार संकलित १५ जनाको रिपोर्ट आज आउने

0


प्रेम क्षेत्री,
जेठ २६, गैंडाकोट ।
गैंडाकोटमा आज १७ जनाको स्वाब संकलन गरिएको छ । विभिन्न समयमा भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुको आज स्वाब संकलन गरि कोभिड १९ परिक्षणका लागि भरतपुर अस्पताल पठाईएको गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्वारेन्टाईनमा ८ देखी १३ दिनसम्म बसेकाहरुको स्वाब संकलन गरिएको हो । यसरी स्वाब संकलन गरिएकाहरु मध्ये लक्ष्मि मावि अमरापुरीमा बसेका १३ जना, भेडाबारी कभर्डहलमा बसेका २ र जनशक्ति आधारभुत विद्यालयका २ जना रहेका छन् ।
यसअघि गत शुक्रबार १५ जनाको स्वाब संकलन गरि पठाईएकाहरुको पनि रिपोर्ट आउन बाँकी रहेको छ । उनिहरुको सम्भवत आज रिपोर्ट आउने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
गैंडाकोटमा आजमात्रै थप ३ जना भारतबाट आई क्वारेन्टाईनमा बसेका छन् । १ बालिका, ५ महिला र ६२ पुरुष गरि ६८ जना गैंडाकोटका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा रहेका छन् ।

Share.

Leave A Reply