गैंडाकोट ९ मा वडा कार्यालय र स्वास्थ्यचौकी भवनको शिलन्यास

0


प्रेम क्षेत्री,
जेठ २६, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय र स्वास्थ्यचौकी भवनको सोमबार शिलन्यास गरिएको छ । गैंडाकोट ९ मा गौली ग्रुपको प्लटिङ नजिक रहेको सार्वजनिक जग्गामा सो भवन निर्माण गर्न लागिएको हो । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले शिलन्यास गर्नुभएको हो । गैंडाकोट समृद्धिको यात्रामा अघि वढेको जनाउँदै नगर प्रमुख छत्रराज पौडेलले क्रमश नगरमा आवश्यक भौतिक निर्माणलाई तिव्रता दिईएको बताउनुभयो ।
स्वास्थ्यचौकी निर्माणका लागि संघिय सरकारले विनियोजन गरेको रकमबाट निर्माण गरिने बताउँदै सोही भवनमा तला थप गरि वडा कार्यालय रहने गरि भवन निर्माणको कार्य अघि वढाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।


स्वास्थ्य चौकी निर्माण संघिय सरकार मार्फत नै टेण्डर माफर्त र सोही भवनमा वडा कार्यालय निर्माणका लागि नगरपालिका मार्फत उपभोक्ता समिति गठन गरेर संयुक्त रुपमा निर्माण कार्य अघि वढ्ने वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले बताउनुभयो । स्वास्थ्य चौकीका लागि संघबाट करिब ३२ लाख रुपैयाँ र वडाको भवन निर्माणका लागि २० लाख रुपैयाँ यसअघि नै रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।
अन्यत्र जग्गाको अभाव रहेका कारण पनि करिब १ कट्ठा जग्गामा वडाका सबैलाई पायक पर्ने गरि एकै ठाउँमा कार्यालय रहने गरि निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । करिब १ वर्षभित्र निर्माण सम्पन्न हुनेगरि आगामी वर्ष पनि थप केही बजेट विनियोजन गरि व्यवस्थित सभाहल सहितको भवन निर्माण गरिने वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले बताउनुभयो ।
शिलन्यास कार्यक्रममा नगर कार्यपालिका सदस्य निरा दर्जी, वडा सदस्यहरु भवानी वर्तौला, धामनाथ सापकोटा, शिवलाल कुमाल, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरु, स्थानीयवासीको उपस्थिती रहेको थियो ।


यसअघि नै शिलन्यास गर्ने भनिएपनि सधियारहरुले आफ्नो पनि उपस्थितीमा शिलन्यास गर्न आग्रह गरेपछि केही दिन ढिला गरि सोमबार शिलन्यास गरिएको हो ।

 

Share.

Leave A Reply