गैंडाकोट १८ का किसान फौजी किराले चिन्तीत

0


माया कंडेल
गैंडाकोट
गैंडाकोट १८ का परशुराम आलेलाई अहिले एउटा अर्को चिन्ता थपिएको छ । लकडाउनका कारण काम गर्न समस्या त थियो नै त्यहि माथी बारीमा लगाएको मकैमा फौजी देखिएको छ । फौजी किराले मकै बाली नष्ट गरेको बताउदै खरानी माटो मिसाएर छर्दा पनि किराको प्रकोप कम नभएको बताउनुहुन्छ ।
किसानलाई सरोकारवालाले सहयोग गर्न आवश्यक रहेको गैंडाकोट १८ का किसानको भनाई छ । सरोकारवालाको सहयोगको आशा गर्दै स्थानीय बसेका छन अव लगाएको मकै वाली पनि फौजी किराले नष्ट्र गरेपछि भोकै मरिने अवस्था आउने भन्दै आले चिन्तीत हुनुहुन्छ ।


फौजी किरा लागेपछि के गर्नुपर्छ भन्ने ज्ञान नै स्थानीयमा छैन । फौजी किराले मकै वालीमा क्षती पु¥याउदा किसान चिन्तीत बनेका छन । १ रोपनी बढि क्षेत्रफलमा मकै लगाउनुभएका प्रेमलाल माप्छन के गर्नै भनेर सरोकारवालाले सहयोग गरदिए सहज हुन्छ भन्ने अपेक्षा गर्दै बसेको बताउनुहुन्छ ।


यता गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले भने निशुल्क रुपमा फौजी किराको लागि बिषादी नगरले उपलब्ध गराउने बताउनुहुन्छ । कृषकहरु कृषि शाखा गैंडाकोटमा आए विषादी उपलब्ध गराई छर्ने तरिका पनि सिकाईने बताउनुहुन्छ ।
फौजी किरा नियन्त्रण गर्न गाहे हुने हुनाले बिषादी प्रयोग गर्दा १० ÷१० दिनको फ्रकमा प्रयोग गर्नुपर्ने र किसानका लागि सहयोग गर्न कृषि शाखा तयार रहेको गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो ।
उत्पादन र कृषिलाई जोड दिने भनिरहदा नगरपालिकाले किसानका समस्या समाधानमा पनि सचेत हुन आवश्यक छ ।

Share.

Leave A Reply